नेकपाका प्रदेश सदस्य मङ्गबहादुर तामाङले पार्टी छाडेको घोषणा

Avatar photo
Dhadingpost
माघ ७, २०८२

धादिङ । नेकपा बागमती प्रदेश समितिका सदस्य मङ्गबहादुर तामाङले नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेका छन्।

खनियावास गाउँपालिका–२ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–३ धादिङबेंसीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

उनले पार्टी परित्याग गर्नु आफ्नो व्यक्तिगत स्वेच्छिक निर्णय भएको स्पष्ट गर्दै यसमा कुनै व्यक्ति, नेतृत्व वा पार्टीप्रति असन्तुष्टि, रिस वा गुनासो नरहेको बताएका छन्।

तामाङले केही समय आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रहन चाहेको उल्लेख गर्दै पार्टीमा रहँदा कसैलाई आफ्ना बोली वा व्यवहारले चोट पुगेको भए क्षमा पनि मागेका छन्।

x