
धादिङ । नेपाली कांग्रेसले धादिङ जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल र क्षेत्र नम्बर २ बाट रमेश धमलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण रिजाल नेपाल तरुण दलका केन्द्रीय सदस्य, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्य रहिसकेका नेता हुन्।
त्यसैगरी, क्षेत्र नम्बर २ का उम्मेदवार रमेश धमला नेपाली कांग्रेस धादिङका निवर्तमान जिल्ला सभापति हुन्। पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिकामा रहेका धमला लामो समयदेखि कांग्रेस राजनीतिमा क्रियाशील छन्।
कांग्रेसको यो निर्णयसँगै धादिङमा आगामी निर्वाचनको राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ।

