नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भोली (माघ ६)बाट सुरु

Avatar photo
Dhadingpost
माघ ५, २०८२

धादिङबेसी । धादिङबेसीस्थित कभर्डहल परिसरमा आयोजना हुने नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

माघ ६ गते बिहान ८ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा नगरभित्रका २८ वटा विद्यालयका ७८३ जना खेलाडीले सहभागिता जनाउने शिक्षा अधिकृत प्रकाशदत्त भट्टले जानकारी दिए ।

भट्टका अनुसार नीलकण्ठ नगरपालिकाले विगत केही वर्षदेखि लगातार जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता हासिल गर्दै आएको छ । यही लयलाई निरन्तरता दिँदै यस पटक पनि जिल्ला स्तरीय प्रतियोगिता जित्ने लक्ष्यसहित नगर स्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम माघ ६ गते दिउँसो १२ बजे कभर्डहल परिसरमै आयोजना हुने छ । उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले प्रमुख अतिथिका रूपमा कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।