धादिङ–२ मा राप्रपाको उम्मेदवार बुद्धिमान तामाङ

Avatar photo
Dhadingpost
माघ ५, २०८२

धादिङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धादिङ क्षेत्र नम्बर २ मा बुद्धिमान तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

राप्रपाको केन्द्रीय निर्णयअनुसार तामाङलाई धादिङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उठाइएको हो। हाल राप्रपाका उपाध्यक्ष रहेका तामाङ उत्तरी धादिङ क्षेत्रमा राम्रो पकड राख्ने नेताका रूपमा चिनिन्छन्।

२०५२ साल असोज ६ गते शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका बुद्धिमान तामाङ हालसम्म सात पटक मन्त्री भइसकेका छन् भने चार पटक जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि समेत भइसकेका छन्।

राजनीतिक रूपमा अनुभवी तामाङले विभिन्न कालखण्डमा पार्टी संगठन विस्तार र जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। राप्रपाले धादिङ–२ मा बलियो प्रतिस्पर्धा गर्ने लक्ष्यसहित तामाङलाई उम्मेदवार बनाएको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा धादिङ–२ मा दलहरूबीचको राजनीतिक गतिविधि थप चर्किँदै गएको छ।

x