
धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्छी गाउँपालिकाको आयोजनामा वडा नं. ६ को वडा भेला सम्पन्न भएको छ। भेला रास्वपा गल्छी गाउँपालिका सभापति कुमार रिमालको सभापतित्व तथा जिल्ला सभापति सूर्यमणी पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
भेलामा जिल्लास्तर तथा जिल्लाभित्रका विभिन्न पालिका समितिमा पदाधिकारी रहेका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाबाट वडा नं. ६ का लागि नयाँ वडा समिति सर्वसम्मत रूपमा गठन गरिएको रास्वपा गजुरी गाउँपालिका सभापति मिलन डल्लाकोटीले जानकारी दिए।
नवगठित वडा समितिको विवरण यस प्रकार छ
- सभापति: शिवहरी अधिकारी
- उप–सभापति: राजकुमार भुजेल
- सचिव: निरमाया विश्वकर्मा
- सह–सचिव: अर्जुन थापा
सदस्यहरू:
समत लामा, सुमित्रा खड्का भण्डारी, केदार रिमाल, कृष्ण बहादुर भुजेल, विशाल बागदास, धुम्मे दमाई, सुनिता परियार।
कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने र जनसम्पर्क विस्तारमा जोड दिएका थिए। भेलाले पार्टी गतिविधिलाई वडा तहसम्म मजबुत बनाउँदै आगामी कार्यक्रमहरूलाई सक्रियताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
