अन्जान गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
पुस २९, २०८२

रियाद, साउदी अरब ।
साउदी अरबमा कार्यरत नुवाकोट बिदुर–१३, डेउडीका अन्जान गुभाजु पुनः नेपाली साझा मञ्च, साउदी अरबको अध्यक्षमा चयन हुनुभएको छ।

नेपाली साझा मञ्च, साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन रियादमा सम्पन्न भएको थियो। अधिवेशनले गुभाजुको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यक्रममा नेपाली दूतावास रियादका श्रम काउन्सिलर कविराज उप्रेती प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा साउदीमा कार्यरत धेरै नेपाली तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

उद्घाटन पानसमा बत्ती बालेर र ब्यानरमा हस्ताक्षर गरेर गरिएको थियो। महासचिव राजु केसीले मञ्चका गतिविधिबाट १५ हजारभन्दा बढी नेपाली लाभान्वित भएको जानकारी दिनुभयो।

प्रमुख अतिथि उप्रेतीले संस्थाको प्रशंसा गर्दै श्रमिकलाई कानुनी रूपमा काम गर्न आग्रह गर्नुभयो। उहाँले दूतावास सधैं श्रमिकको पक्षमा रहने बताउनुभयो।

अध्यक्ष गुभाजुले श्रमिकका लागि बैंक खाता, बचत, डिम्याट, श्रम नवीकरण, अनलाइन सेवा र सामाजिक सुरक्षा कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गुभाजु साउदीमा रहेर सामाजिक र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँ श्रमिक उद्धार र समस्याबारे लेख्दै आउनुभएको छ।

कार्यक्रममा चर्चित गायिका तुलसी छेत्रीको विशेष प्रस्तुति थियो। साथै स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहेको थियो।

कार्यक्रममा दूतावास, एनआरएनए, रेमिट कम्पनी र सामाजिक संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

नयाँ कार्यसमिति

२०२६–२०२८ कार्यकालका लागि चयन कार्यसमिति:

अध्यक्ष: अन्जान गुभाजु
उपाध्यक्ष: राजु केसी, भरत पौडेल
महासचिव: तेजबहादुर सिलवाल
सचिव: बिपुल ढुङ्गाना
कोषाध्यक्ष: डिबी बलामी मगर

संरक्षक: कृष्ण पुरी, विष्णु घिमिरे
प्रमुख सल्लाहकार: अकल प्रधान

सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्यप्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोम ब. बिके छन्।