प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक सम्पन्न, उम्मेदवार र संगठनात्मक संरचना तय

Avatar photo
Dhadingpost
पुस २७, २०८२

धादिङ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक आज धादिङबेशीमा सम्पन्न भएको छ। बैठक पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज राजन रेग्मी (निशान) को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास प्रदेश इन्चार्ज ओम शर्मा प्रमुख अतिथि तथा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सह–इन्चार्ज अनिल शर्मा विशेष अतिथिका रूपमा उपस्थित थिए।

बैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण राजनीतिक तथा संगठनात्मक निर्णयहरू गरेको छ।

प्रतिनिधिसभा उम्मेदवार सिफारिस

बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा:

  • धादिङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन रेग्मी (निशान)
  • धादिङ निर्वाचन क्षेत्र नं. २ बाट पार्टीका नेता तथा पूर्व संविधानसभा सदस्य बीरबहादुर तामाङ
    लाई सिफारिस गरेको छ।

संगठनात्मक जिम्मेवारी तोकियो

बैठकले निर्वाचन केन्द्रित संगठन विस्तारका लागि विभिन्न जिम्मेवारी तोकेको छ।

प्रतिनिधिसभा क्षेत्र नं. १

  • इन्चार्ज : सन्तोष बराकोटी
  • संयोजक : शिवराम पौडेल
  • प्रदेश (क) इन्चार्ज : रामकृष्ण आचार्य
  • संयोजक : दिनेश भण्डारी

प्रतिनिधिसभा क्षेत्र नं. २

  • इन्चार्ज : राजु नेपाल
  • प्रदेश (क) इन्चार्ज : इन्द्र सिलवाल
  • सह–इन्चार्ज : जीत बी.बी.के.
  • संयोजक : अर्जुन भारती
  • प्रदेश (ख) इन्चार्ज : निकिता तामाङ
  • सह–इन्चार्ज : दिनेश कुमाल

बैठकले धादिङबेशीमा तत्काल पार्टी कार्यालय स्थापना गर्ने तथा आसन्न निर्वाचनलाई लक्षित गरी संगठनात्मक गतिविधि तीव्र पार्ने निर्णय पनि गरेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह “आँखा”