
बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग आवश्यक
धादिङ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ४, निम्स्वारा निवासी रामचन्द्र रिजाल र शर्मिला रिजालका ७ वर्षे छोरा आयुष रिजाल गम्भीर स्वास्थ्य समस्याका कारण जीवन र मृत्युको संघर्षमा छन्। करिब दुई महिनासम्म काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार गराइएपछि चिकित्सकको सल्लाह अनुसार अब बोन म्यारो प्रत्यारोपण (Bone Marrow Transplant) गर्नुपर्ने अवस्था आएको छ।
उपचार नेपालमा सम्भव नभएकाले आयुषलाई थप उपचारका लागि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पताल लगिएको छ। तर उपचार अत्यन्तै महँगो भएकाले सामान्य आर्थिक अवस्था भएको परिवार ठूलो संकटमा परेको छ।
परिवारले आयुषको जीवन बचाउन देश–विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, संघ–संस्था तथा सहयोगी मन भएका सबैसँग आर्थिक सहयोग र प्रार्थनाको हार्दिक अपिल गरेको छ। सानो सहयोगले पनि एक नन्हा बालकको जीवन जोगिन सक्छ।
“तपाईंहरूको सहयोग र आशीर्वादले हाम्रो बाबु आयुष फेरि मुस्कुराउने आशा राखेका छौं,” परिवारको भावुक आग्रह छ।
