प्याब्सन धादिङको दोस्रो जिल्ला परिषद् भोलि भव्य कार्यक्रमसहित हुँदै

Avatar photo
Dhadingpost
पुस २३, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले पुस २४ गते धादिङबेसीस्थित आर.के. होटलको सभाहलमा दोस्रो जिल्ला परिषद् भव्य रूपमा आयोजना गर्ने भएको छ।

प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठका अनुसार परिषद् कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व सम्मान, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी सम्मान, २०८१ सालको एसईईमा उत्कृष्ट विद्यार्थी सम्मान तथा लोक गायन प्रतियोगिता आयोजना गरिनेछ।

कार्यक्रम प्याब्सन धादिङका जिल्ला अध्यक्ष दिनेश भट्टको सभापतित्वमा सम्पन्न हुनेछ। परिषद् कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सन्जेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
त्यसैगरी पूर्व केन्द्रीय उपाध्यक्ष शान्तविक्रम बानियाँ, केन्द्रीय सदस्य रमेश कुमार श्रेष्ठ, बागमती प्रदेशका वरिष्ट उपाध्यक्ष सानुराजा कार्कीलगायतको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ।

शैक्षिक योगदानतर्फ सम्मानित हुने व्यक्तित्वहरू

प्याब्सन धादिङको दोस्रो जिल्ला परिषद् अवसरमा जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत शैक्षिक तथा गैरशैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिनेछः

  • एड्भान्स एकेडेमी – अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ (संस्थापक अध्यक्ष)
  • सक्सेस एकेडेमी – जगत प्रसाद रिजाल (प्रिन्सिपल)
  • मूनाल एकेडेमी – लक्ष्मण पण्डित (माध्यमिक तह शिक्षक)
  • लुसिड रोज स्कुल – कल्पना लामिछाने (आधारभूत तह)
  • चिल्ड्रेन पार्क – मनकुमारी अधिकारी (आधारभूत तह)
  • द राइजिङ भिलेज – सरिता लोकनी (पूर्व–प्राथमिक तह)
  • बाइट फ्युचर – भवानी कडेल (कार्यालय कर्मचारी)

प्याब्सन धादिङले दोस्रो जिल्ला परिषद् मार्फत निजी विद्यालयबीच समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रतिभा पहिचान तथा शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।