नेपाल तामाङ घेदुङ पोल्यान्डको प्रथम भेला सम्पन्न, संरक्षकसहित चार पदाधिकारी धादिङका

Avatar photo
Dhadingpost
पुस १९, २०८२

धादिङ । तामाङ समुदायको साझा तथा गौरवमय संस्था नेपाल तामाङ घेदुङ पोल्यान्डको प्रथम भेला सम्पन्न भएको छ। भेलाबाट चयन भएको नवगठित कार्यसमितिमा संरक्षकसहित चार जना पदाधिकारी धादिङ जिल्लाका रहेका छन्।

नवगठित कार्यसमितिमा संरक्षक सुक तामाङ रुवीभ्याली गाउँपालिका, अध्यक्ष चतुरमान तामाङ नेत्रावती डबजोङ गाउँपालिका–३ गैरा, सचिव सन्तबहादुर तामाङ गंगाजमुना गाउँपालिका, कोषाध्यक्ष सङ्गीता तामाङ थाक्रे गाउँपालिकाका रहेका छन्। उनीहरू हाल पोल्यान्डमा बसोबास गर्दै आएका छन्।

प्रथम भेलाबाट मूल कार्यसमितिसँगै संस्कृति घेदुङ, महिला घेदुङ, युवा घेदुङ, खेलकुद घेदुङ तथा सल्लाहकार समिति समेत गठन गरिएको छ।

नेपाल तामाङ घेदुङ पोल्यान्ड : पदाधिकारी विवरण

  • संरक्षक : सुक तामाङ
  • अध्यक्ष : चतुरमान तामाङ
  • उपाध्यक्ष : बिरेन्द्र गोले
  • महिला उपाध्यक्ष : पछि मनोनयन गरिने
  • सचिव : सन्तबहादुर तामाङ
  • सह–सचिव : जीवन तामाङ
  • कोषाध्यक्ष : सङ्गीता तामाङ
  • सह–कोषाध्यक्ष : नवाङ लामा
सदस्यहरू: कमला तामाङ, युवराज तामाङ, बलराम तामाङ, सुक तामाङ, शेरबहादुर तामाङ, बिमला तामाङ, हितमान तामाङ, मनित तामाङ, सञ्जय लामा, सानुकाजी लामा, धनसिंङ रुम्बा, दुर्गा माया तामाङ, सबिन लामा, पेमा लामा, पल्देन लामा, गणेश तामाङ, अस्मिता तामाङ।

सल्लाहकार समिति

संयोजकहरू : तेन्जिन लामा, शर्मिला तामाङ, हितमान तामाङ, पासाङ वाइबा, युवराज तामाङ

महिला घेदुङ

  • संयोजक : कमला तामाङ
  • सह–संयोजक : माला तामाङ
  • सदस्यहरू : छली माया तामाङ, मञ्जु योन्जन, सपना मोक्तान, दुर्गा माया तामाङ, निशा लामा

युवा घेदुङ

  • संयोजकहरू : मिलान तामाङ, तिलक तामाङ
  • सदस्यहरू : पाल्देन लामा, दावा लामा वाइबा, बालबहादुर तामाङ, गोर्खा तामाङ

संस्कृति घेदुङ

  • संयोजक : नवाङ लामा
  • सह–संयोजक : मन्दिरा वाइबा
  • सदस्यहरू : सनोज मोक्तान, फुर्वा लामा, अनिता स्याङतान

खेलकुद घेदुङ

  • संयोजक : मनित तामाङ

भेलाले पोल्यान्डमा रहेका तामाङ समुदायलाई संगठित गर्दै भाषा, संस्कृति, पहिचान संरक्षण तथा आपसी सहकार्यलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। नवगठित कार्यसमितिले प्रवासमा रहेका तामाङ समुदायको हितमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।