एमालेद्वारा धादिङ क्षेत्र नं. १ मा सात आकांक्षी उम्मेदवारको नाम सिफारिस

Avatar photo
Dhadingpost
पुस १९, २०८२

धादिङ । नेकपा (एमाले) ले धादिङमा आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।

शुक्रबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको दोस्रो पूर्ण बैठकले दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया, मिनराज कडेल, कपिल अधिकारी, भूमि त्रिपाठी र कमला शर्माको नाम सिफारिस गरेको हो।

सिफारिस भएका उम्मेदवारमध्ये भूमि त्रिपाठी २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ७ हजार ९८१ मतान्तरले पराजित भएका थिए।

एन्फाका केन्द्रीय उपाध्यक्ष समेत रहेका दीपक खतिवडा युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् भने मिनराज कडेलजगन्नाथ नेपाल एमाले धादिङका संस्थापक नेताका रूपमा चिनिन्छन्।

एमालेले संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको जनाएको छ।