अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन

Avatar photo
Dhadingpost
पुस १६, २०८२

धादिङ । अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार धादिङबेसीमा सम्पन्न संस्थाको प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

साधारण सभाबाट चयन भएको नवगठित कार्यसमितिको उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडा चयन भएका छन्। यसैगरी, सदस्यहरूमा रामबहादुर ठकुरी (आशिष), सीता सापकोटा (शितल), दिपा लम्साल र गजेन्द्र गुरुङ रहेका छन्।

साधारण सभाले संस्थाको विधान निर्माणका लागि नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष राजाराम शर्माको संयोजकत्वमा विधान लेखन समिति समेत गठन गरेको छ। उक्त समितिको सदस्यमा बद्री अधिकारी र शंकर श्रेष्ठ रहेका छन्।

नवगठित कार्यसमितिले जिल्लामा सञ्चालनमा रहेका अनलाइन मिडियाहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।