राप्रपाको समानुपातिक बन्द सूचीमा धादिङबाट तीन जना

Avatar photo
Dhadingpost
पुस १५, २०८२

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट ठाकुर प्रसाद शर्मा, सरस्वती लामा र अमर परियार परेका छन्।

राप्रपा धादिङले जिल्लाबाट समानुपातिक तर्फ कुल ११ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको भए पनि तीन जनालाई मात्र सूचीमा समावेश गरेको हो।

राप्रपा धादिङले क्षेत्र नं. १ र २ बाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवारको नाम सिफारिस गरेको सूची निम्नानुसार छ:

क्षेत्र नं. १

  • प्रत्यक्ष तर्फ: गिता प्रसाद आचार्य, ध्रुव प्रसाद खनाल, अजय रिमाल, सहदेव राज भारती
  • समानुपातिक तर्फ: ठाकुर प्रसाद शर्मा, भवानी थपलिया, विना अधिकारी रिमाल, शालिकराम सिलवाल

क्षेत्र नं. २

  • प्रत्यक्ष तर्फ: बुद्धिमान तामाङ (केन्द्रिय उपाध्यक्ष), बुद्धि बहादुर तामाङ (बागमती प्रदेश उपाध्यक्ष), विना लामा (केन्द्रिय सदस्य), पशुराम तामाङ (केन्द्रिय सदस्य), ध्रुव विक्रम मल्ल (खेलकुद विभाग प्रमुख), सुरेश रिजाल (जिल्ला सदस्य)
  • समानुपातिक तर्फ: डिल बहादुर तामाङ (पूर्व जिल्ला अध्यक्ष), किप्रि तामाङ (जिल्ला सदस्य), नमराज श्रेष्ठ (पूर्व जिल्ला अध्यक्ष), सुनिता खत्री सिंखडा (महिला संगठन जिल्ला अध्यक्ष), पार्वती कोइराला (प्रदेश उपाध्यक्ष), सरस्वती लामा (केन्द्रिय सदस्य), गणेश बहादुर अधिकारी (सल्लाहकार सदस्य)

राप्रपा धादिङका नेताहरूले आगामी चुनावमा समानुपातिक तर्फ जिल्लाका जनप्रतिनिधि र नेताहरूको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्न यो सूची तयार गरिएको बताएका छन्।