नेकपाको समानुपातिक बन्द सूचीमा धादिङबाट दुई जना, पूर्व माओवादीका कोही परेनन्

Avatar photo
Dhadingpost
पुस १५, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट दुई जनाको नाम समावेश भएको छ।

बन्द सूचीअनुसार पूर्व एकीकृत समाजवादीबाट इन्दिरा ढुङ्गाना र पूर्व जनजागरण पार्टीबाट शेरबहादुर तामाङ (सिलास) समानुपातिक सूचीमा परेका हुन्। तर पूर्व माओवादी केन्द्रबाट धादिङ जिल्लाका कुनै पनि नेता/कार्यकर्ताको नाम सूचीमा समावेश गरिएको छैन।
ढुङ्गाना र तामाङ दुवै प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गतका हुन्।

यसैबीच, नेकपा धादिङ जिल्ला कमिटीले समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक भएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ (समानुपातिकतर्फ सिफारिस)

  • सीता ढुङ्गाना
  • संगिता कडेल
  • उर्मिला श्रेष्ठ
  • गौगात्री चौलागाईं
  • गंगालाल तुलाधर
  • सूर्य तामाङ
  • खेम भुजेल
  • बुद्ध गुरुङ
  • हिराबहादुर थापामगर
  • रामशरण सेन्चुरी
  • भरत बराकोटी (अपाङ्गता कोटाबाट)

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (समानुपातिकतर्फ सिफारिस)

  • दिपा सिंखडा
  • गुरु बुर्लाकोटी
  • इन्दिरा ढुङ्गाना
  • शोभा ढंगोल
  • कृष्णबहादुर दाहाल
  • बेदनिधि अधिकारी
  • लिलामणि न्यौपाने
  • लक्ष्मी थापामगर
  • तिलक थापामगर
  • उमेश घले
  • सन्दीप स्याम्चेन
  • शान्त विक्रम बानियाँ
  • भिम परियार
  • रामबहादुर बस्याल
  • सिलास तामाङ
  • एलिजर तामाङ
  • सरला धमला

पार्टीले जिल्लाबाट धेरै नाम सिफारिस गरे पनि अन्तिम बन्द सूचीमा सीमित व्यक्तिहरू मात्र समावेश हुँदा जिल्लाभित्र असन्तुष्टि देखिन सक्ने संकेतहरू देखिएका छन्।