धादिङ जिल्ला भलिबल संघले पुस ११ गते कुमार राईलाई सम्मान गर्ने

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ । धादिङ जिल्ला भलिबल संघले धादिङबेसीमा जारी बागमती प्रदेश स्तरीय अन्तर जिल्ला
मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता को समिफाईनलकाे दिन पुस ११ गते सम्मान गर्ने भएकाे छ ।

समापनकाे दिन पुस १२ राई सहित शरण सामरी, रविन नगरकाेटी, भावना तामाङ, रेविका तामाङ लगायतलाई सम्मान गर्ने तय भएकाे भएपनि राईकाे कार्यव्यस्तताले उहालाई ११ गते सम्मान गर्न लागिएकाे भएपनि अन्नेलाई १२ गते नै सम्मान गरिने अध्यक्ष अमृत गुरुङ (तिलक) ले बताए ।

को हुन् भलिबलका कुमार राई ?
कुमार राई नेपाली महिला भलिबलका एक समर्पित प्रशिक्षक तथा न्यु डायमन्ड भलिबल सेन्टरका संस्थापक हुन्। काठमाडौंको नैकापमा न्यु डायमन्ड एकेडेमी सञ्चालन गर्दै उनले वर्षौंदेखि महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। सीमित स्रोत, आफ्नै कोर्टको अभाव र आर्थिक कठिनाइका बाबजुद उनले न्यु डायमन्डलाई राष्ट्रिय स्तरको बलियो टोलीका रूपमा स्थापित गरेका छन्।
राईको प्रशिक्षणबाट रमिला तण्डुकार, प्रतिभा माली, कृपा अधिकारी, रेश्मा भण्डारी, सलिना श्रेष्ठजस्ता राष्ट्रिय खेलाडी उत्पादन भएका छन्। खेलाडीका लागि प्रशिक्षक मात्र नभई अभिभावकजस्तै बनेका कुमार राई नेपाली महिला भलिबलको ‘योगी’का रूपमा चिनिन्छन्।

नेपाली महिला भलिबलमा दीर्घ योगदान पुर्‍याएको कदरस्वरूप धादिङ जिल्ला भलिबल संघले राईलाई सम्मान गर्न लागेको हो।