नेकपा धादिङ क्षेत्र–२बाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि २६ जना आकांक्षी उम्मेदवार सिफारिस

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आशन्न निर्वाचनका लागि २६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।

क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा तर्फका आकांक्षी उम्मेदवारको नाम छनोट गरी जिल्ला कमिटीमा पठाएको हो। सिफारिस अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ ८ जना, समानुपातिकतर्फ १४ जना र राष्ट्रिय सभातर्फ ४ जनाको नाम सिफारिस गरिएको छ।

राष्ट्रिय सभातर्फ सिफारिस भएका आकांक्षी उम्मेदवार

  • मोहन कार्की
  • विष्णु पुकार श्रेष्ठ
  • कमल सापकोटा
  • गुरु बुर्लाकोटी

प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका आकांक्षी उम्मेदवार

  • रामबहादुर भण्डारी (पूर्व माओवादी केन्द्र)
  • जगत सिंखडा (पूर्व माओवादी केन्द्र)
  • पुष्पविक्रम मल्ल (पूर्व माओवादी केन्द्र)
  • अञ्जन थापा (पूर्व एकीकृत समाजवादी)
  • नवराज गौली (पूर्व एकीकृत समाजवादी)
  • अनिल रिजाल (पूर्व एकीकृत समाजवादी)
  • सरला धमला (पूर्व माओवादी केन्द्र)
  • शिशिर तामाङ (जन्जी समूह)

प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका आकांक्षी उम्मेदवार

  • दिपा सिंखडा
  • इन्दिरा ढुङ्गाना
  • शोभा ढंगोल
  • कृष्णबहादुर दाहाल
  • बेदनिधि अधिकारी
  • लिलामणि न्यौपाने
  • लक्ष्मी थापामगर
  • तिलक थापामगर
  • उमेश घले
  • सन्दीप स्याम्चेन
  • शान्त विक्रम बानियाँ
  • भिम परियार
  • रामबहादुर बस्याल
  • सिलास तामाङ

नेकपा धादिङ क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रबाट सिफारिस भई आएका आकांक्षी उम्मेदवारको नाम जिल्ला कार्यालयमा प्राप्त भइसकेको जिल्ला संयोजक मनराज भण्डारीले जानकारी दिए। उनका अनुसार अब जिल्ला कमिटीको बैठक बसेर थप छलफल गरिनेछ।

“यदि केही आकांक्षीले नाम फिर्ता लिएमा सूची घट्नेछ, अन्यथा प्रदेश हुँदै केन्द्रले अन्तिम रूपमा उम्मेदवार चयन गर्नेछ,” संयोजक भण्डारीले बताए।

आन्तरिक सिफारिस प्रक्रियासँगै नेकपा धादिङमा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ।