नेकपा धादिङ क्षेत्र–२ले आज उम्मेदवार छनोट गर्दै

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आशन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरी जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ।

पार्टी कार्यालयमा आज बस्ने क्षेत्रीय समितिको बैठकले आकांक्षी उम्मेदवारहरूको नाम छनोट गरी जिल्ला कमिटीमा पठाउने निर्णय गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले राजेन्द्र पाण्डे र गंगालाल तुलाधरसहित १६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेको छ।

क्षेत्र नम्बर २ बाट पनि समान प्रक्रिया अनुसार आकांक्षीहरूको मूल्याङ्कन गरी नाम सिफारिस गरिने जनाइएको छ। उम्मेदवार छनोट प्रक्रियाले पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय बनेको छ। फाईल तस्वीर