बेनीघाट रोराङले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यालयलाई ४५ देखि ५० हजार दिने

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा पुस ३० गतेदेखि माघ ५ गतेसम्म आयोजना चन्द्रोदय माध्यमिक विद्यालय बिशालटारमा हुने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डसहित बहुइभेन्ट खेलकुद उत्सव का लागि सहभागी विद्यालयलाई ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने भएको छ।

प्रतियोगितामा सहभागी विद्यालयहरूको खेलकुद तयारी तथा व्यवस्थापनका लागि राजमार्ग आसपासका विद्यालयलाई ४५ हजार रुपैयाँराजमार्गदेखि टाढा रहेका विद्यालयलाई ५० हजार रुपैयाँ प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलले जानकारी दिए।

गाउँ शिक्षा अधिकारी बोधराज पाठकका अनुसार प्रतियोगिताको समापन कार्यक्रम माघ ५ गते बिहान ११ बजे चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारको प्राङ्गणमा हुनेछ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट चार विद्यालयलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, अध्यक्ष कप क्रिकेट प्रतियोगितामदन भण्डारी स्मृति फुटबल कप प्रतियोगिता का विजेता विद्यालयलाई नगद पुरस्कार, ट्रफी तथा सम्मानपत्र प्रदान गरिने जनाइएको छ।

खेलकुद प्रतियोगिताको उद्घाटन मिति २०८२ पुस ३० गते बिहान ११ बजे हुने भएको छ। उद्घाटनका अवसरमा बिहान १० बजे गाउँपालिकाको नयाँ भवन परिसरबाट विद्यालयका खेलाडीहरू, विद्यालय ब्यानर र राष्ट्रिय झण्डासहित व्यवस्थित र्याली निकालिनेछ। र्याली तथा उद्घाटन समारोहमा विद्यालयगत मार्चपास प्रस्तुत गरिनेछ र उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिनेछ। फाईल तस्वीर