ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्ड त्रिपुरासुन्दरी खरीले जित्यो

Avatar photo
Dhadingpost
पुस ७, २०८२

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खरी स्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले जितेको छ।

पुस ४ देखि ६ गते सम्म हुलाक भञ्ज्याङस्थित चित्रेकालिका खेलमैदानमा चलेको यो प्रतियोगितामा १२ स्वर्ण , ५ रजत र ३ कास्य पदक सहित त्रिपुरासुन्दरी प्रथम भएको हो ।

विद्यलयगत पदक तालिका
प्रथमः पुरासुन्दरी मावि, स्वर्ण १२, रजत ५ र कास्य ३ पदक
द्वितीयः सुनखानी मावि, स्वर्ण १०, रजत ७ र कास्य ११ पदक
तृतीयः अन्नपूर्ण मावि, स्वर्ण ६, रजत ७ र कास्य ८ पदक

गत वर्ष सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा सुनखानी माध्यमिक विद्यालयले ८ स्वर्ण, १० रजत र ७ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको थियो।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण तथा समापन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पूर्व पालिका अध्यक्ष विनोदराज तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह लगायतको आतिथ्यता रहेको थियो ।