
धादिङ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा धादिङ जन्मघर भई जिल्ला तथा जिल्ला बाहिर रहेका सात जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
उम्मेदवारहरूमध्ये केपी शर्मा ओली समूहका पुष्प कडेल लेखा आयोग संयोजक पदमा निर्विरोध निर्वाचित भइसकेका छन्।
यसैगरी महासचिव पदका लागि सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् भने केन्द्रीय सदस्य पदका लागि मिनराज कडेल उम्मेदवार रहेका छन्। यी दुवै जना इश्वर पोखरेल समूहसँग आबद्ध छन्।
त्यसैगरी केन्द्रीय सदस्य पदका लागि पूर्व केन्द्रीय सदस्य खेम लोहनी, एमाले धादिङका जिल्ला अध्यक्ष भूमी त्रिपाठी, क्रान्ति बुर्लाकोटी र लेखा आयोग सदस्यमा ध्रुव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन्।
महाधिवेशन अन्तर्गत आज मतदान प्रक्रिया सुरु हुने बताइएको छ।
