एकता सन्देशसभाका लागि धादिङमा नेकपाको व्यापक तयारी

Avatar photo
Dhadingpost
पुस १, २०८२

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आउँदो पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको एकता सन्देशसभा सफल बनाउन धादिङमा क्षेत्र तथा पालिका स्तरीय तयारी बैठक सुरु गरेको छ।

धादिङबाट १० हजार जनाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य सहित सुरु गरिएका बैठकअन्तर्गत हालै धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्तरीय बैठक तथा नीलकण्ठ नगर स्तरीय तयारी बैठक सम्पन्न भएका छन्।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्तरीय बैठकमा केन्द्रीय नेताहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र गुरु बुर्लाकोटी लगायतको उपस्थिति रहेको थियो। बैठकमा एकता सन्देशसभालाई ऐतिहासिक रूपमा सफल बनाउने विषयमा छलफल गरिएको थियो।

यस्तै, नीलकण्ठ नगर स्तरीय तयारी बैठकमा पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी र मनराज भण्डारी लगायतका नेताहरू सहभागी भएका थिए। बैठकले वडा तथा टोलस्तरसम्म संगठन परिचालन गर्दै व्यापक जनसहभागिता गराउने रणनीति तय गरेको जनाइएको छ।