गुम्दीमा पुस १२ देखि ल्होछार विशेष खेलकुद प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
मंसिर २८, २०८२

धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–३ गुम्दीमा ल्होछार पर्वको अवसरमा पुस १२ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजकका अनुसार पुस १२ गतेदेखि वडास्तरीय भलिबल प्रतियोगिता सुरु हुनेछ। त्यसैगरी पुस १५ गते छेलो, हाईजम्प, म्याराथुन दौड तथा गोरु जुधाई प्रतियोगिता आयोजना गरिनेछ।

कार्यक्रम संयोजक धनबहादुर गुरुङका अनुसार गोरु जुधाई प्रतियोगितामा धादिङ, नुवाकोट र रसुवाबाट छनोट गरिएका १५ हल गोरुको सहभागिता रहने तयारी गरिएको छ।

ल्होछार पर्वको सांस्कृतिक महत्वलाई संरक्षण गर्दै स्थानीय खेलकुद र परम्परागत खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।