कांग्रेस धादिङद्वारा उम्मेदवारमा ३५ जनाको नाम सिफारिस

Avatar photo
Dhadingpost
मंसिर २७, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङले केन्द्रिय सर्कुलरअनुसार उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै प्रतिनीधिसभा र राष्ट्रिय सभा सदस्यतर्फका लागि कुल ३५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। जिल्लाभित्र सहमति हुन नसकेपछि प्राप्त सबै आकांक्षी उम्मेदवारको नाम सिफारिस सूचीमा समेटिएको हो।

केन्द्रिय सर्कुलरअनुसार धादिङ जिल्लाबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी कुल १० जना उम्मेदवारको नाम सिफारिस हुनुपर्ने व्यवस्था थियो। तर जिल्लास्तरमा सहमति कायम हुन नसक्दा कोटा भन्दा बढी नाम केन्द्रमा पठाइएको कांग्रेस धादिङले जनाएको छ।

अब के हुन्छ ?

केन्द्रिय सर्कुलर अनुसार जिल्ला समितिले तोकिएको कोटा अनुसार नाम सिफारिस गरेमा त्यही सूचीभित्रबाट केन्द्रले उम्मेदवार चयन गर्नेछ। तर, कोटा भन्दा बढी नाम सिफारिस भएको अवस्थामा केन्द्रले सिफारिस सूची बाहिरका नामबाट समेत उम्मेदवार चयन गर्न सक्ने अधिकार राख्ने व्यवस्था छ।

जिल्ला बाट सिफारिस भएका उम्मेदवारहरूको नामावली
निर्वाचन क्षेत्र नं. १
प्रत्यक्षतर्फ: अर्जुनप्रसाद उप्रेती , कविन शाक्य, कृष्ण रिजाल, खिल गिरी, बद्रीप्रसाद अर्याल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, मनोजकुमार श्रेष्ठ,रवि सुदन थापा, राधाकृष्ण भण्डारी
समानुपातिकतर्फ:र्मिला थपलिया, कविता इटनी, भक्तकृष्ण सापकोटा, ज्ञानेन्द्र सिलवाल
राष्ट्रिय सभातर्फ: माधवराज पाण्डे, हरि अधिकारी

निर्वाचन क्षेत्र नं. २
(प्रत्यक्षतर्फ): रमेशप्रसाद धमला, वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, गोपाल विश्वकर्मा, दिनेशबहादुर गुरुङ, ईश्वर अधिकारी, डा. अमितसिंह कार्की, चन्द्रबहादुर थापा, अश्विन दुवाडी, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी
समानुपातिकतर्फ: दिलमान पाख्रिन, चीजकुमार श्रेष्ठ, अर्जुनबहादुर थापा, सेतेमान तामाङ, बालकृष्ण नेपाली, शान्ताकुमारी तामाङ, भगवती उप्रेती, रीता थापा मगर
राष्ट्रिय सभातर्फ: दिलमान पाख्रिन

नेपाली कांग्रेस धादिङका अनुसार केन्द्रिय नेतृत्वले अब सिफारिस सूची, पार्टी मापदण्ड तथा राजनीतिक सन्तुलनका आधारमा अन्तिम उम्मेदवार छनोट गर्नेछ।