
काठमाडौँ । हरेक वर्ष डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइन्छ। यो दिवसले पर्वतीय क्षेत्र, प्राकृतिक स्रोत र पहाडमा बस्ने समुदायको जीवनबारे विश्वभर चेतना जगाउने उद्देश्य राख्छ।
नेपाललाई संसारभर ‘हिमालको देश’ भनेर चिनिन्छ। नेपालको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ढाकेको छ। हिमाल, हिमनदी, जडीबुटी र विविधतामा धनी भएकाले यो दिवस नेपालका लागि अझ विशेष छ।
“Glaciers matter for water, food and livelihoods in mountains and beyond” भन्ने २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवसको नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ। यस वर्षको प्रमुख विषय जलवायु परिवर्तन र हिमनदी संरक्षण नै हो।
हिमाल र हिमनदी पग्लिँदै जानु नेपाल र विश्व दुवैका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
अन्तर्राष्ट्रिय पर्वत दिवसको इतिहास
- १९९२ : रियो डी जेनेरियोमा भएको Earth Summit ले पर्वतीय क्षेत्रमा दीगो विकासको महत्व उठायो।
- २००२ : संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वत दिवस घोषणा गर्यो।
- २००३ : पहिलोपटक विश्वभर पर्वत दिवस मनाउन थालियो।
नेपालका लागि यस दिवसले दिने सन्देश
- हिमाल र हिमनदी संरक्षण सबैको जिम्मेवारी हो।
- हिमाली जडीबुटी र जैविक विविधता जोगाउन दीगो नीति आवश्यक छ।
- जलवायु परिवर्तनले हिमनदी पग्लँदा बाढी, पहिरो र हिमताल फूट्ने जोखिम बढिरहेको छ।
- पहाडी क्षेत्रमा बस्ने समुदायको जीवन, संस्कृति र जीविकोपार्जन सुरक्षित राख्न विशेष ध्यान दिनुपर्छ।
अन्तर्राष्ट्रिय पर्वत दिवसले नेपाललाई आफ्नो हिमाली सम्पदा जोगाउने प्रतिबद्धता दोहोर्याउने अवसर पनि दिन्छ।

