धादिङका उजित अधिकारीद्वारा नेपाली समाज टेक्ससको स्पोर्टस को–अर्डिनेटरमा उम्मेदवारी

Avatar photo
Dhadingpost
मंसिर २४, २०८२

अमेरिका । नेपाली समाज टेक्सस (NST)को नयाँ नेतृत्व चयनका लागि आउँदो डिसेम्बर १३ मा निर्वाचन हुँदैछ। यही निर्वाचनमा धादिङको नीलकण्ठ नगरपालिका घर भई अमेरिका बस्दै आएका उजित अधिकारीले स्पोर्टस को–अर्डिनेटर पदका लागि उम्मेदवारी दिएका छन्।

को हुन् उजित अधिकारी ?

उजित अधिकारी २०१६ देखि अमेरिकामा बस्दै आएका छन् र २०१७ देखि खेलकुद क्षेत्रमा सक्रिय छन्।
अमेरिका पुगेपछि उनले फुटबलमार्फत खेलकुद यात्रा सुरु गरे तर २०१८ मा लिगामेन्ट इन्जुरीको सामना गर्नु पर्‍यो। इन्जुरीपछि पनि हार नमान्दै उनले २०१९ बाट पुनः कोचिङ यात्रा सुरु गरे।

कोचिङ यात्रामा निरन्तर उन्नति गर्दै उजितले २०२३ मा US Soccer को Professional C License प्राप्त गर्न सफल भए, जसले उनको प्रदर्शन र क्षमतामा नयाँ ढोका खोलिदियो।

उनी Young Nepal Football Club का संस्थापक मध्ये एक हुन्, जहाँ उनले फुटबलमा रुचि राख्ने बालबालिकादेखि युवा खेलाडीहरूलाई नियमित प्रशिक्षण दिँदै आएका छन्।
यससँगै २०२२ देखि क्रिकेट पनि खेल्दै आएका उजितले अहिले क्रिकेट शाखा समेत स्थापना गर्दै क्लबलाई मल्टिस्पोर्ट संगठनको रूपमा विस्तार गरेका छन्। छोटो समयमै थ्यगलन क्लबले टेक्ससको नेपाली समुदायमा उत्कृष्ट छाप छाड्न सफल भएको छ।

विगत ९ वर्षदेखि खेलकुदमै समय, ऊर्जा र समर्पण दिँदै आएका उजित अधिकारी स्पोर्टस को–अर्डिनेटरमा निर्वाचित भएमा—

  • साना बालबालिकालाई निःशुल्क वा पहुँचयोग्य फुटबल प्रशिक्षण,
  • फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, पिकलबल लगायतका खेलहरूमा ठूला–ठूला प्रतियोगिता आयोजना,
  • नेपाली समुदायलाई खेलकुदमार्फत टेक्ससभर चिनाउने,
  • नेपाली युवालाई स्वास्थ्य, फिटनेस र अनुशासनतर्फ प्रेरित गर्ने

जस्ता कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

उनी जनक भण्डारी नेतृत्वको टिमबाट चुनावी मैदानमा उत्रिएका हुन्।

अमेरिकामा रहेका नेपालीहरूको संस्थामध्ये सबैभन्दा धेरै सदस्य संख्या, व्यवस्थित संरचनासुदृढ कार्यशैलीका कारण नेपाली समाज टेक्ससको निर्वाचनले यस वर्ष पनि समुदायमा विशेष ध्यान तानेको छ।