अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस आज : नेपाल १०७औँ स्थानमा

Avatar photo
Dhadingpost
मंसिर २३, २०८२

धादिङ । हरेक वर्ष डिसेम्बर ९ मा संसारभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा आजको दिनलाई भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले वैश्विक दिवसको मान्यता दिएको हो।

नेपालको संविधान २०७२ ले भ्रष्टाचार रोकथामलाई विशेष प्राथमिकता दिएको छ। धारा २३८ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को गठन व्यवस्था गर्छ। त्यस्तै, धारा २३९ ले आयोगका काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा निर्धारण गर्छ।

Transparency International (TI) ले प्रकाशन गर्ने Corruption Perceptions Index (CPI)–२०२४ मा नेपाल १०७औँ स्थानमा परेको छ। नेपालले यस वर्ष ३४ अंक प्राप्त गरेको छ। ५० भन्दा कम अंक पाउने देशलाई TI ले उच्च भ्रष्टाचार जोखिमयुक्त देशको समूहमा राख्छ।

गत वर्ष नेपाल १०८औँ स्थानमा थियो। यसले सुधारको गति निकै सुस्त रहेको संकेत गर्छ। दक्षिण–एशियामा नेपालको स्थिति मिश्रित छ। नेपाल भारत, भुटान र माल्दिभ्सभन्दा तल पर्छ। तर पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानभन्दा माथि छ।

विश्वव्यापी रूपमा २०२५ को नाराले युवालाई नेतृत्वदायी भूमिका लिन प्रेरित गर्ने उद्देश्य राखेको छ।
साथै, पारदर्शिता, इमानदारी र जवाफदेहिता जस्ता मूल्यलाई समाजमा मजबुत बनाउन आह्वान गरेको छ। नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सक्रियता, संस्थागत सुधारदण्डहीनता अन्त्य अझै प्रमुख चुनौती रहेका छन्।

x