एमाले महाधिवेशनः धादिङबाट दुई जनाको केन्द्रीय सदस्यमा दाबी

Avatar photo
Dhadingpost
मंसिर २२, २०८२

धादिङ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै जाँदा धादिङ जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि दुई जनाको दाबी देखिएको छ। यसअन्तर्गत हालका केन्द्रीय सदस्य खेम लोहनीभूमि त्रिपाठी केन्द्रीय सदस्यमा उम्मेदवारी तयारीमा छन् ।

लोहनी यस अघि पनि केन्द्रिय सदस्य थिए भने त्रिपाठी जिल्ला अध्यक्ष छाडेर केन्द्रिय सदस्यको बन्ने दौडमा छन् ।

पार्टी स्रोतका अनुसार आंकाक्षी दुबै जना नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। साथै धादिङबाट महाधिवेशनका लागि छनोट भएका १८ जना प्रतिनिधि पनि ओली पक्षका रहेको एमालेका एक नेताले जानकारी दिए।

x