
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङको आयोजनामा प्याब्सनमा आवद्ध विद्यालयहरूबीच अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ (क्वीज) प्रतियोगिता शान्तिदीप एकेडेमीमा सम्पन्न भएको छ।
प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयहरूको सहभागिता रहेको थियो। प्याब्सन धादिङका ईसीए इन्चार्ज सञ्जीव गजुरेलका अनुसार प्रतियोगिता चार चरणमा सञ्चालन गरिएको थियो।
प्रतियोगिताका चरणहरू यस प्रकार रहेका थिएः
- पहिलो चरण: सामान्य ज्ञान राउन्ड
- दोस्रो चरण: छिटो उत्तर राउन्ड
- तेस्रो चरण: बजार राउन्ड
प्रतिस्पर्धाबाट
- प्रथम स्थान – सक्सेस एकेडेमी
- द्वितीय स्थान – मुनाल एकेडेमी
- तृतीय स्थान – शान्तिदीप एकेडेमी
- सान्त्वना स्थान – ब्लुमिङ लोटस माध्यमिक विद्यालय र धुनिवेसी माध्यमिक विद्यालयले हासिल गरेका छन्।
कार्यक्रममा धुनिवेसी नगरपालिकाका उपमेयर सुरज उप्रेति प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले विद्यार्थीहरूमा बौद्धिक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने बताउनुभयो।
प्याब्सन धादिङका अनुसार प्रतियोगितामा विजेता बनेको टिमले अब प्याब्सन वागमती प्रदेश कार्यसमितिले आयोजना गर्ने हाजिरी जवाफ प्रतियोगितामा धादिङ जिल्ला प्रतिनिधित्व गर्नेछ।
