न्यू किवो बोर्डिङ स्कुलमा किवो स्काउट क्याम्प २०८२ सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर २०, २०८२

धादिङ । धादिङबेसी स्थित न्यू किवो बोर्डिङ स्कुलमा सञ्चालन भएको किवो स्काउट क्याम्प २०८२ सफलतापूर्वक समापन भएको छ। अनुशासन, साहस, सेवा र सहकार्यको जीवन्त अभ्यासका साथ आयोजना गरिएको यस क्याम्पले विद्यार्थीहरूलाई नेतृत्व विकास, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व सम्बन्धी महत्वपूर्ण जीवनोपयोगी सीप सिकाईएको प्रिन्सिपल प्रयास रेग्मीले बताए ।

प्रिन्सिपल रेग्मीका अनुसार क्याम्पको अवधिमा नेपाल आर्मीबाट नट्स (डोरी बाँध्ने) सम्बन्धी विशेष प्रशिक्षण, नेपाल रेडक्रस सोसाइटीद्वारा प्रथम उपचार तालिम, साँझको क्याम्पफायर कार्यक्रम, साथै क्याम्पमै परेको जन्मदिनको विशेष शुभकामना कार्यक्रम जस्ता विविध र रचनात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक, अतिथि, शिक्षक, सहयोगी संस्था तथा अनुशासित स्काउट विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक धन्यवाद गर्दै क्याम्पमार्फत विद्यार्थीहरूमा सेवामा सधैं तत्पर रहने स्काउट भावना अझ सशक्त बनेको प्रिन्सिपल रेग्मी बताए । फोटोः आकाश लम्साल