रास्वपा नीलकण्ठ–९को भेला सम्पन्न, रामकृष्ण धमलाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

Avatar photo
Dhadingpost
मंसिर १८, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न भएको छ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे ज्यूको प्रमुख आतिथ्य तथा निलकण्ठ नगर समितिका सभापति रिठ्ठे अच्छामीको सभापतित्वमा उक्त भेला सम्पन्न भएको हो।

भेलाले रामकृष्ण धमलाको सभापतित्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ। नवगठित समितिले वडामा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा केन्द्रीय संगठन विभागका उप–प्रमुख बोध नारायण श्रेष्ठ, केन्द्रीय प्रशिक्षण विभागका सदस्य डा. कृष्ण मान शाक्य, जिल्ला उप–सभापति गोपाल बहादुर गुरुङ, धादिङ निर्वाचन क्षेत्र नम्बर २ का सभापति श्रीराम आचार्य, जिल्ला RAT संयोजक दिपक अधिकारी, जिल्ला समिति सचिव मिन बहादुर अधिकारी, धादिङ संगठन विभागका सचिव रामहरि रिजाल, धादिङ–काठमाडौं सम्पर्क विभागका उप–सभापति विष्णु सिलवाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडास्तरमा पार्टी संगठन सुदृढ गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति स्थापना गर्न वडा भेला महत्वपूर्ण कदम भएको नेताहरूले बताएका छन्।