बेनीघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरीको घार वितरण

Avatar photo
Dhadingpost
मंसिर १७, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ३ दिने मौरी पालन तालिम प्रदान गरी मौरीको घार वितरण गरेको छ। मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा ग तथा घ वर्गका २० जना अपाङ्गता परिचयपत्रधारी व्यक्तिहरू सहभागी भएका थिए।

३४ औँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तालिममा सहभागी प्रत्येक लाभग्राहीलाई प्रतिव्यक्ति १ सेट गोलासहितको मौरीको घार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यो पहलले अपाङ्गता भएका व्यक्तिहरूको स्वरोजगार, आर्थिक सशक्तीकरण तथा दिगो जीविकोपार्जनमा टेवा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
उक्त तालिम तथा वितरण कार्यक्रम धादिङ नेत्रहीन संघको आयोजनामा तथा बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो।

यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास, आत्मनिर्भरता र आयआर्जन क्षमताको विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिईएकाे छ।