
धादिङ । Rotary क्लब अफ धादिङको अगुवाइ र Australian Rotarian हरूको सहयोगमा धादिङ जिल्लाका ५५ जना विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान गरिएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई fielding, catching, batting लगायत क्रिकेटका आधारभूत सीप सिकाईएको थियो । प्रशिक्षणमा Rotary Australia World Community Service (RAWCS) का स्वयंसेवक तथा रोटरी क्लब अफ धादिङका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
रोटरी क्लब अफ धादिङका पब्लिक चेयर रोटेरियन भीम बहादुर श्रेष्ठका अनुसार क्रिकेट जस्तो सामूहिक खेलले बालबालिकामा
- अनुशासन,
- नेतृत्व विकास,
- समूहमा काम गर्ने क्षमता,
- मानसिक दृढता,
- स्वस्थ प्रतिस्पर्धात्मक भावना
जस्ता महत्वपूर्ण गुणहरू विकास गर्छ। “खेलले शारीरिक तन्दुरुस्ती मात्र होइन, सामाजिक व्यवहार र आत्मविश्वास बढाउन पनि ठूलो योगदान पुर्याउँछ,” श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरू अत्यधिक उत्साहित देखिन्थे। उनले सिकेका सीपले आफूहरूलाई भविष्यमा खेलकुदमा अघि बढ्न प्रेरणा मिल्ने प्रतिक्रिया दिएका छन्।
Rotary क्लब अफ धादिङले बालबालिकाको क्षमता विकास, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक र प्रभावकारी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
