
धादिङ। जेन्जी रेड फोर्स धादिङको नेतृत्व परिवर्तन हुँदै सिद्धलेक–१ की मनिशा विश्वकर्मा नयाँ अध्यक्ष (संयोजक) बनेकी छन्। उमेर हद पूरा भएपछि पुरानो नेतृत्व परिवर्तन गरिएको हो।
मंसिर १३ गते पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश स्तरीय प्रथम भेलाले मनिशालाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो।
जेन्जी रेड फोर्स के हो?
यो नेपाली कम्युनिस्ट पार्टीको भातृसंठन हो।
युवा नेतृत्व तयार गर्ने उद्देश्यले देशभर र विदेशमा पनि संगठन विस्तार भइरहेको छ।
केन्द्रीय संयोजक स्मृती तिमिल्सिना यस अभियानको नेतृत्वमा छन्।
पहिलेको संयोजक
धादिङमा पहिले गायक तथा युवा नेता सन्दिप स्याम्चेन तामाङ संयोजक थिए।
उमेर हद पुगेपछि पद परिवर्तन गरिएको हो।
मनिशा विश्वकर्माको पृष्ठभूमि
- नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष
- अखिल क्रान्तिकारी विद्यार्थी संघ, नीलकण्ठकी सह–सचिव
- सक्रिय विद्यार्थी नेतृ
संयोजक बनेपछि उनले भनिन्—
“सबै पालिकामा संगठन विस्तार गर्दै जेन्जी रेड फोर्सलाई अझ सशक्त बनाउनेछु।”
पूर्व संयोजकको सम्मान
पूर्व संयोजक सन्दिप स्याम्चेन तामाङलाई
- केन्द्रीय संयोजक,
- बागमती प्रदेश संयोजकको सिफारिस अनुसार
प्रदेश जेन्जी रेड फोर्सको सदस्य बनाइएको छ।
धादिङमा नयाँ नेतृत्वसँगै जेन्जी रेड फोर्सले युवा संगठन विस्तारमा थप गति पाउने अपेक्षा गरिएको छ।
