नीलकण्ठ नगरपालिकाद्वारा १५४ विद्यार्थीलाई १५ लाख ७० हजार छात्रवृत्ति वितरण

Avatar photo
Dhadingpost
मंसिर १६, २०८२

धादिङ। नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले १५४ जनालाई १५ लाख ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। एक औपचारिक समारोहमार्फत छात्रवृत्ति प्रदान गरिएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

नगरपालिकाले एमबिबिएस, इन्जिनियरिङ, स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद सहयोग उपलब्ध गराएको हो।

कसले कति पाए?

  • एमबिबिएस अध्ययनरत ३ जनाले — प्रति व्यक्ति १ लाख रुपैयाँ
  • इन्जिनियरिङ अध्ययनरत १४ जनाले — प्रति व्यक्ति ४०,००० रुपैयाँ
  • स्नात्तकोत्तर अध्ययनरत १२ जनाले — प्रति व्यक्ति ७,००० रुपैयाँ
  • स्नातक तहमा अध्ययनरत १२५ जनाले — प्रति व्यक्ति ५,००० रुपैयाँ

कुल १५४ विद्यार्थीलाई यो कार्यक्रमबाट प्रत्यक्ष लाभ पुगेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले उज्ज्वल भविष्यका लागि आर्थिक अवस्था कमजोर विद्यार्थीलाई सहयोग गर्न आगामी वर्षमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।