
धादिङ । गैरआवासीय नेपाली संघ (NRNA) को बहुप्रतीक्षित ‘बृहत् एकता’ प्रस्तावसम्बन्धी आधिकारिक हस्ताक्षर समारोह आज बिहान १०:३० बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजले यस ऐतिहासिक कदमप्रति हार्दिक स्वागत र बधाई व्यक्त गरेको छ। उक्त सम्झौताले एनआरएनए भित्र लामो समयदेखि देखा परेका मतभेद तथा अन्यौलको अन्त्य गर्दै संगठनलाई एकता, स्थायित्व र सुशासनको दिशातर्फ अघि बढाउने दृढ आधार निर्माण गरेको अध्यक्ष राजन खकुरालले बताए ।
खकुरालका अनुसार, यो महत्वपूर्ण कदमले विश्वभर छरिएका गैरआवासीय नेपालीहरूलाई साझा उद्देश्य र दृष्टिकोणमा एकीकृत गर्नेछ। यसले एनआरएनए संरचनालाई थप सबल, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समाजले विश्वभरका एनआरएनए नेतृत्व, पदाधिकारी, सल्लाहकार, पूर्व पदाधिकारी र एकता प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण पक्षप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।
