
धादिङ । नेकपा (एमाले) धादिङले ११ औं राष्ट्रिय महाधिवेशनका लागि ९३ जना उम्मेदवारबाट १८ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।
निर्वाचन नगरी सहमतीका आधारमा प्रतिनिधि चयनको जिम्मेवारी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड खेम लोहनी, जानुका सिंखडा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी र जिल्ला सचिव राधिका सापकोटाले पाएका थिए। शनिबार नै प्रतिनिधि नाम टुङ्गिने अपेक्षा गरिएको भए पनि, अन्ततः आइतबार १८ जनाको नाम टुङ्गाइएको छ।
निर्वाचन क्षेत्र नम्बर १
- भूमि त्रिपाठी, बेनिघाट
- प्रेम सिलवाल, सिद्धलेक
- राजेन्द्रविक्रम बस्नेत, गजुरी
- नरेश खतिवडा, गल्छी
- कृष्ण पन्त, थाक्रे
- केदार पाठक, धुनिवेशी
- उर्मिला रेग्मी, थाक्रे
- उमा सिंखडा, नेपाल गल्छी
- कमला शर्मा, सिद्धलेक
- सुनिल तामाङ, धुनिवेशी
निर्वाचन क्षेत्र नम्बर २
- अर्जुन कुमार श्रेष्ठ (गोखांली), निलकण्ठ
- भक्तबहादुर लामिछाने, गंगाजमुना
- बाबुकृष्ण श्रेष्ठ, त्रिपुरासुन्दरी
- नारायणकुमार गुभाज, नेत्रावती डबजोङ
- राधिका सापकोटा, निलकण्ठ
- उर्गेनवती तामाङ, खनियावास
- सञ्जय दवाडी, ज्वालामुखी
- ध्रुव विक, बेनिघाट रोराङ
एमाले धादिङले सर्वसम्मत निर्णयमार्फत प्रतिनिधि चयन गरेपछि अब पार्टी राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि पूर्ण तयारीमा पुगेको एमाले धादिङले जनाएको छ ।
