
धादिङ । राष्ट्रिय तेक्वान्दो सघं-नेपाल, पन्चकन्या गाउँपालिका–२ नुवाकोटद्वारा सञ्चालित प्रथम पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। २० टिमभन्दा बढीको सहभागिता रहेको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन गरिएको थियो।
पुम्से विधातर्फ ७ गोल्ड र ३ सिल्भर मेडल सहित टिम एडभान्स एकेडेमी द्वितीय हुन सफल भएको छ। उत्कृष्ट प्रदर्शनका कारण टिमले पुम्सेमा उल्लेखनीय स्थान सुरक्षित गर्नुका साथै प्रतिस्पर्धात्मक वातावरणमा खेलाडीहरूले आफ्नो क्षमता देखाएका छन्।
यस्तै, फाइट (Kyorugi) विधातर्फ ३ गोल्ड, ३ सिल्भर र १२ ब्रोनज मेडल सहित टिम एडभान्स एकेडेमी सान्त्वना हुन सफल भएको छ। फाइटतर्फका खेलाडीहरूको यो उपलब्धिलाई आयोजक तथा प्रशिक्षकहरूले सराहना गरेका छन्।
एड्भान्स टीमका खेलाडी र पदक
विधातर्फ ७ गोल्ड
- अन्जना गुरुङ
- क्रिन्जल राना मगर
- सक्शिला तामाङ
- विनिशा तामाङ
- यूजिशा मास्कि
- गीता यादी मगर
- उत्सव मास्की(Later updated)
पुम्से विधातर्फ सिल्भर मेडल विजेता
- सनिसा बैलकोटी
- आज्ञा शाही
- अनुश्री थापा मगर
फाइटतर्फ गोल्ड मेडल विजेता
• U-40 : करण घले
• U-44 : शुभ श्रेष्ठ
• U-24 : अस्मान तामाङ
फाइटतर्फ सिल्भर मेडल विजेता
• U-18 : उत्सव मास्की
• U-52 : रेबेक घले
• U-54 : उमा तामाङ
फाइटतर्फ ब्रोनज मेडल विजेता
• U-32 : अनुश्री थापा मगर
• U-38 : प्रशंसा गुरुङ
• U-42 : खुशी भट्ट
• U-50 : समीक्षा गुरुङ
• U-26 : विनय तामाङ
• U-24 : जीवन कुमाल
• U-27 : मेशक घले
• U-22 : आशिष सुनार
• U-32 : अनन्दा तामाङ
• U-38 : श्रीष्टि श्रेष्ठ
• U-40 : गीता यादी मगर
• U-30 : रिकेश थापालिया
प्रतियोगिताले स्थानीय खेल क्षेत्रको विकासमा योगदान पुर्याउनुका साथै युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजक पक्षले जनाएको छ।
प्रतियाेगितामा विजेताहरुलाई निम्न पुरस्कार प्रदान गरिएकाे थियाे ।
ग्याराेगी (Fight)
- प्रथम : रु १,००,०००
- द्वितीय : रु ५०,०००
- तृतीय : रु २५,०००
पुम्से (Poomsae)
- प्रथम : रु २०,०००
- द्वितीय : रु १५,०००
- तृतीय : रु १०,०००
