
चितवन । खैरहनी, चितवनमा सम्पन्न ८८औँ खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङ ५ स्वर्ण सहित उपविजेता बनेको छ।
न्यु स्टार तेक्वान्दो डोजाङ खैरहनी, चितवनद्वारा मंसिर १२ र १३ गते आयोजित दुईदिने प्रतियोगितामा धादिङबाट १३ जना खेलाडीको सहभागिता थियो।
युवाहरुको आकर्षक प्रदर्शनका बीच धादिङले ५ स्वर्ण, २ रजत र २ कास्य पदक जित्दै टिम उपविजेता बन्न सफल भएको हो।
धादिङका खेलाडी तथा पदक विजेता
स्वर्ण पदक
1. सुमन घले – जुनियर 59 केजी
2. अनिश जिसी – जुनियर -73 केजी
3. धना राहाडी मगर – जुनियर 59 केजी
4. रोजिना तामाङ – जुनियर 49 केजी
5. कविता तामाङ – जुनियर -52 केजी
रजत पदक
1. रश्मिता मगराती – जुनियर 40 केजी
2. दिपेश बी.के. – जुनियर 36 केजी
कास्य पदक
1. सुमन तामाङ – जुनियर 40 केजी
2. आशिक तामाङ – जुनियर 68 केजी
विशेष उपाधि
Best Fighter : कविता तामाङ (धादिङ)
Team Second : Dhading Team
धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङका अनुसार प्रतियोगिताले धादिङका खेलाडीहरूमा राम्रो उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरेको बताए।
