
धादिङ ।
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको ऐतिहासिक चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट धादिङका शङ्खराम तामाङ संगठनको कोषाध्यक्षमा निर्वाचित भएका छन्।
कतारस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
नयाँ नेतृत्व यस्तो छः
- अध्यक्षः फुर्बा ग्याबा तामाङ
- सह–अध्यक्षः दिल कुमार स्याङ्बो तामाङ र बुद्धि मान तामाङ
- उपाध्यक्षः टीका घिसिङ तामाङ, सुर्जे बहादुर तामाङ र सुनिता घिसिङ तामाङ
- महासचिवः रामबहादुर पाख्रीन तामाङ
- उप–महासचिवः बिनय बोम्जन तामाङ
- सचिवः पिपलाल मोक्तान तामाङ
- महिला सचिवः सीता लक्ष्मी घिसिङ तामाङ
- कोषाध्यक्षः शङ्खराम तामाङ (धादिङ)
- सह–कोषाध्यक्षः प्रेम तामाङ
सदस्यहरू
शिखा थोकर तामाङ, सपना घलान तामाङ, अलिक बोम्जन तामाङ, राम तामाङ, लक्ष्मण तामाङ, मृगालाल गोले तामाङ, माया दोङ तामाङ, मिरा तामाङ र राजु तामाङ सदस्यमा चयन भएका छन्।
