नुवाकोटमा जारी तेक्वान्दोमा एड्भान्स एकेडेमी ६ स्वर्णसहित अग्रस्थानमा

Avatar photo
Dhadingpost
मंसिर १२, २०८२

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ–नेपाल, पञ्चकन्या गाउँपालिका–२ नुवाकोटद्वारा आयोजित प्रथम पञ्चकन्या गाउँपालिका खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिनका पुम्से (Poomsae) खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

पहिलो दिनको पुम्से प्रतिस्पर्धामा धादिङको नीलकण्ठ–३ स्थित एड्भान्स एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण र ४ रजत सहित द्वितीय स्थान हासिल गर्न सफल भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा भोलिदेखि ग्येरोगी (Fight) खेल सञ्चालन हुने एड्भान्स एकेडेमीका तेक्वान्दो प्रशिक्षक मारियम फ्यूवाले जानकारी दिनुभयो।

पुम्से विधामा पदक जित्ने एड्भान्सका खेलाडीहरूको सूची

गोल्ड मेडल विजेता
1. अन्जना गुरुङ
2. क्रिन्जल राना मगर
3. सक्शिला तामाङ
4. विनिशा तामाङ
5. युजिस मास्की राना
6. गीता यादी मगर

सिल्भर मेडल विजेता
1. उत्सव मास्की
2. आज्ञा शाही
3. अनुश्री थापा मगर
4. सनिसा बैलकोटी

पुरस्कार राशी
पुम्से विधातर्फ
– प्रथम: रु २०,०००
– द्वितीय: रु १५,०००
– तेस्रो: रु १०,000

ग्येरोगी (Fight) विधातर्फ
– प्रथम: रु १,००,०००
– द्वितीय: रु ५०,०००
– तेस्रो: रु २५,०००

दुई दिनसम्म सञ्चालन हुने यस प्रतियाेगिता ग्येरोगी (Fight) र पुम्से (Poomsae) दुवै विधामा एड्भान्सबाट २३ जना खेलाडी सहभागी छन् ।