धादिङमा थपिए, ९,४६४ नयाँ मतदाता

Avatar photo
Dhadingpost
मंसिर ११, २०८२

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत धादिङमा ९,४६४ जनाले नयाँ मतदाता थपिएका छन् ।

नयाँ दर्ता भएका मतदातामध्ये धेरैजसो १६–२५ वर्ष उमेर समूहका युवा छन्। विवरणअनुसार, धादिङमा ८ सय ४१ महिला र १ हजार १२८ पुरुषले नयाँ नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। त्यस्तै, ६९ महिला र १३७ पुरुषले आफ्नो विवरणमा भएका त्रुटिहरू सच्याएका छन्। बाह्य जिल्लाका ३१ महिला र ४२ पुरुषले नयाँ दर्ता गराएका छन् भने ४८७ महिला र २५७ पुरुषले नामावलीमा भएका विवरण सार्नु परेको थियो। राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइन दर्ता गर्नेको संख्या ६ हजार ४ सय ६२ रहेको छ।

निर्वाचन आयोगले पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका बनाइसकेको छ। धादिङ जिल्लामा ११४ मतदान स्थल रहेका छन् र मतदान केन्द्रको व्यवस्थापन मतदाताको संख्यालाई मध्यनजर गर्दै गरिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।