खनियाबासका अशोक तामाङ सवारी दुर्घटनामा गम्भीर घाइते, उपचारका लागि सहयोगको अपिल

Avatar photo
Dhadingpost
मंसिर ८, २०८२

धादिङ । खनियाबास गाउँपालिका–५ मानेटारका २२ वर्षीय अशोक तामाङ मिति २०७९ कार्तिक २९ (शनिवार) सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन्।

टाउकोमा गम्भीर चोट लागेका तामाङको अत्यावश्यक शल्यक्रिया (Operation) पछि हाल टोखा नगरपालिका–१०, ग्रिनसिटी अस्पताल को ICU कक्ष (बेड नं. ५) मा उपचार भइरहेको परिवारले जनाएको छ।

दुर्घटनापछि निरन्तर उपचार खर्च बढ्दै गए पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि अन्युलता बढेको छ। परिवारका अनुसार अशोकको जीवनरक्षाका लागि तत्काल आर्थिक सहयोग आवश्यक रहेको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूका लागि बैंक विवरण:

  • Account Name: DHAN BAHADUR GURUNG
  • Bank: Global IME Bank
  • Account Number: 36207010000389
  • Contact: 9851411192 / 9704105446

प्राप्त सहयोगले पनि अशोकको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सबैमा सहयोगको अपिल गरेको छ।