
धादिङ । धादिङको खनियाबास–४, दार्खामा मङ्सिर २६ र २७ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुँदैछ। शिविरमा उपस्थित नागरिकहरूलाई जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ र हार्ड जोर्नी विशेषज्ञ को स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुनेछ।
शिविरको समय मङ्सिर २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म, र मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुने जनाईएको छ ।।
शिविर अन्तर्राष्ट्रिय धादिङ समाज द्वारा आयोजना गरिएको हो भने धादिङ समाज अमेरिका ले सहकार्य गरेको छ। प्राविधिक सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल ले प्रदान गर्नेछ। साथै, स्थानीय सहयोगीमा खनियाबास गाउँपालिका र DEPIN धादिङ रहेका छन्।
शिविरले स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्य राखिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जनाए ।

