पत्रकार महासंघ जापानको निर्वाचनमा अध्यक्षसहित धादिङका तीन जनाको उम्मेदवारी

Avatar photo
Dhadingpost
मंसिर ६, २०८२

धादिङ। आगामी नोभेम्बर २३ मा हुन लागेको पत्रकार महासंघ जापान शाखाको निर्वाचनमा धादिङ निवासी तीन जना पत्रकारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

धादिङ नेत्रावती डवजोङका राजन गौतमले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्उ, नी हाल अन्तर्राष्ट्रिय धादिङ समाजका प्रेस संयोजकसमेत हुन्।

यस्तै गजुरीका भूवन भण्डारीनीलकण्ठका दुर्गा प्रसाद आचार्यले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

करिब दुई दशक लामो पत्रकारिता अनुभव भएका राजन गौतम ११ वर्षदेखि जापानमा रहेर प्रवासी पत्रकारितामा सक्रिय छन्। उनी जापानमै लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत रविन्द्र श्रेष्ठसँग अध्यक्षतर्फ प्रतिस्पर्धामा छन्।

धादिङमै रहेर सुशासन, विकास पत्रकारिता र नागरिक मुद्दामा कलम चलाउँदै आएका भूवन भण्डारी हाल TapaikoNews Online मार्फत जापानमा बसोवास गर्ने नेपाली समुदायका आवाज उठाउँदै आएका छन्।

यस्तै दुर्गा प्रसाद आचार्य पनि जापानमा रहेर निरन्तर पत्रकारितामा सक्रिय रहेका छन्।