त्रिपुरासुन्दरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई स्वागत

Avatar photo
Dhadingpost
मंसिर ३, २०८२

धादिङ । नुवाकोटको तुप्चेश्वर गाउँपालिकाबाट सरुवा भई धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आएका महेश कुमार मिश्रलाई गाउँपालिकाले स्वागत गरेको छ।

गाउँपालिकाका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले नयाँ प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई स्वागत गर्दै प्रशासनिक कार्य अब थप चुस्त–दुरुस्त र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको सरुवा भई उनी नुवाकोटको तुप्चेश्वर गाउँपालिकामा गएका छन्।