मलेखुमा पञ्चे बाजा सहित भजन प्रदर्शन, राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति हुने

Avatar photo
Dhadingpost
मंसिर ३, २०८२

धादिङ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङले आगामी २०७९ मंसिर ६ गते शनिबार, बिहान १० बजे मलेखुमा पञ्चे बाजा सहित भजन प्रदर्शन, राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति हुने भएको छ भने उक्त कार्यक्रमका बीच, प्रतिष्ठानको प्रथम अधिवेशन तथा जिल्ला कार्य समिति गठन गर्ने भएको छ।

जिल्लाभरिका कला–संस्कृति प्रेमी, भजन समूह तथा स्थानीय स्तरमा सक्रिय सांस्कृतिक कलाकारहरूको उपस्थिति रहने आयोजनाले जनाएको छ।

कार्यक्रममा जिल्लाका भजन समूहहरूले पञ्चे बाजा सहित भव्य भजन प्रदर्शन गर्नेछन्, साथै राष्ट्रिय स्तरमा चर्चित कलाकारहरूका विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा राष्ट्रिय लोक तथा भजन क्षेत्रमा सक्रिय लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने छ। सहभागी हुने कलाकारहरू:

  • प्रजापति पराजुली, नारायण लेकाली खनाल, नविन पौडेल, रिता थापा मगर, सरत बराकोटी, रामकुमार रिसाल, मुकुन्द चिमिरे, उमा बिडारी, निरजन सिलवाल, अम्बर पौडेल, श्रीराम अधिकारी, युवराज चौलागाईं, बलराम त्रिपाठी, बुद्ध सागर बस्नेत

कार्यक्रमका मुख्य आकर्षण

  • पञ्चे बाजासहित जिल्ला–व्यापी भजन प्रदर्शन
  • राष्ट्रिय कलाकारहरूको लाइभ प्रस्तुति
  • जिल्ला कार्य समिति गठन
  • सांस्कृतिक तथा धार्मिक कार्यक्रमको महोत्सव वातावरण