प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा नीलकण्ठ बालमन्दिरकी बिपिसा सुवेदी द्वितीय

Avatar photo
Dhadingpost
मंसिर २, २०८२

धादिङ — बागमती प्रदेश सरकारले ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी छात्रा बिपिसा सुवेदीले द्वितीय स्थान हासिल गर्न सफल भएकी छन्।

“डिजिटल युगमा साक्षरताको प्रवर्द्धन” विषयमा आधारित कक्षा ९–१२ लक्षित उक्त प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगितामा कक्षा १० ‘सेक्शन–सी’ मा अध्ययनरत सुवेदी नीलकण्ठ बालमन्दिरको प्रतिनिधित्व गर्दै द्वितीय भए सँगै ७ हजार ५०० नगद सहित सम्मान प्राप्त गरेकी छिन् ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजना गरिएको प्रतियोगितामा सयौँ विद्यार्थीको सहभागिता थियो। त्यसमध्ये सुवेदीले प्रस्तुत गरेको निबन्ध उच्च मूल्याङ्कनमा परेर प्रदेशभरि दोस्रो स्थान प्राप्त गरेको नीलकण्ठ बलमन्दिर माविका शिक्षक एलएन सुवेलीले बताए ।

यस प्रतियोगितामा सिन्धुली स्थित गौमती माविका आभाष कोईराला प्रथम र सिन्धुली कै जनज्योती माविका सुनलराज ढकाल तृतीय भएका छन् । फाईल तस्वीर