आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस : इतिहास, योगदान र महत्त्व

Avatar photo
Dhadingpost
मंसिर १, २०८२

काठमाडौं । प्रत्येक वर्ष १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रूपमा मनाइन्छ। विश्वभरका विश्वविद्यालय र कलेजहरूले यस दिनलाई विद्यार्थीहरूको योगदान, बलिदान र बहुसाँस्कृतिक शिक्षाको सम्मानको रूपमा मनाउँछन्।

सन् १९३९ मा नाजी सरकारले चेक रिपब्लिकका विश्वविद्यालयमा आक्रमण गर्दा प्राग विश्वविद्यालयका नौ जना विद्यार्थीको हत्या१२ सयभन्दा बढी विद्यार्थीलाई कन्सन्ट्रेसन क्याम्पमा पठाइएको इतिहासले यस दिवसको सुरुवातको आधार दिएको हो।

नेपालमा पनि विद्यार्थीहरूले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन्। २००७, ०४६ र ०६२–६३ सालका आन्दोलनहरूमा उनीहरूको योगदानलाई कसैले नकार्न सक्दैन। आज पनि विद्यार्थीहरूलाई भोलिको नेतृत्वकर्ताको रूपमा हेरिन्छ।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस केवल सम्झनाको दिन मात्र होइन, भविष्य निर्माण गर्ने विद्यार्थीहरूको साहस, योगदान र विचारलाई सम्मान गर्ने अवसर पनि हो।