धादिङमा पुस ९–१२ गते बागमती प्रदेश अन्तर–जिल्ला महिला भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मंसिर १, २०८२

धादिङ। बागमती प्रदेश अन्तर–जिल्ला स्तरको स्व. मनोज श्रेष्ठ स्मृति कप–२०८२ महिला भलिबल प्रतियोगिता आगामी पुस ९ देखि १२ गतेसम्म धादिङमा आयोजना हुने भएको छ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट महिला भलिबल टोलीहरूको सहभागिता रहनेछ। महिला भलिबल विकास र प्रतिभा पहिचानलाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको संघको भनाइ छ।

प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो हुने टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ—

  • पहिलो पुरस्कार: रु २,००,०००
  • दोस्रो पुरस्कार: रु १,००,०००
  • तेस्रो पुरस्कार: रु ५०,०००

त्यसबाहेक स्पाइकर, सेटर, डिफेन्स, सर्वर र बेस्ट प्लेयर गरी ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि राखिएको छ।

प्रतियोगितामा सहभागी हुने टोलीले रु १०,००० तिरेर टिम दर्ता गराउनुपर्नेछ। टिम दर्ताको अन्तिम मिति मंसिर ३० सम्म निर्धारण गरिएको छ। धादिङ जिल्ला भलिबल संघले स्मृति कपले जिल्लासहित प्रदेशभर महिला खेलाडीलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने आयोजकको भनाइ छ।