
काठमाडौं। नेपाली क्रिकेटमा ‘गेम चेन्जर’ मानिएको नेपाल प्रिमियर लिग (एनपिएल)–२०२५ आज (सोमबार)बाट सुरु हुँदैछ । २७ दिनसम्म चल्ने दोस्रो संस्करण यसपालि पहिलोपटक ‘फ्लड लाइट’ मा हुँदैछ, जसले त्रिवि क्रिकेट मैदानलाई पूर्ण अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिएको छ ।
सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा उच्च क्षमताको फ्लड लाइट जडान गरी आइतबार मन्त्री कुलमान घिसिङले स्विच थिचेर क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका थिए।
प्रदेश संरचनाअनुसार यसपटक पनि ८ फ्रेन्चाइज टिम मैदान उत्रिंदैछन्—
- कोशी – विराटनगर किंग्स
- मधेश – जनकपुर बोल्ट्स (डिफेन्डिङ च्याम्पियन)
- बागमती – काठमाडौं गोर्खाज, चितवन राइनोज
- गण्डकी – पोखरा एभेन्जर्स
- लुम्बिनी – लुम्बिनी लायन्स
- सुदूरपश्चिम – सुदूरपश्चिम रोयल्स
- कर्णाली – कर्णाली याक्स
फ्रेन्चाइजहरूले एक टिममै १०–१५ करोड खर्च गरिरहेका छन्।
यस पटक १५ देशका ४२ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् ।
टिमले ४–६ विदेशी खेलाडी राख्न पाउने नियम छ।
सबैभन्दा चर्चित अनुबन्धहरू—
- फाफ डु प्लेसिस – विराटनगर
- इमरान ताहिर – जनकपुर
- वायन पार्नेल – जनकपुर
- जिमी निसम – पोखरा
- जाजिव जाद्रन – कर्णाली
- डाविड मलान, जासन रोय, रवि बोपारा – विभिन्न टिम
- क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन – अस्ट्रेलिया
आइसिसी नियमअनुसार यसपालि टेस्ट खेलिरहेका ४ खेलाडी मात्र सहभागी हुन पाएका छन्।
क्यानले अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने रणनीतिपछि सबै फ्रेन्चाइजले खेलाडीलाई पाँचतारे होटेलमै राखेका छन् ।
टिम–वार होटेलहरू—
- कर्णाली – याक & यती
- काठमाडौं – तुलिप
- जनकपुर – प्रिन्सेस
- सुदूरपश्चिम – मेरिओट
- लुम्बिनी – भिभान्ता
- विराटनगर – हायात
- पोखरा – सोल्टी
- चितवन – हिमालयन होटल
क्यानले दोस्रो संस्करणमा पनि पुरस्कार वृद्धि गरेको छैन—
- विजेता – १ करोड १० लाख
- उपविजेता – ५१ लाख
- तेस्रो – २५ लाख
- चौथो – १५ लाख
फ्रेन्चाइज मालिकहरूले यो रकम प्रतियोगिताको स्तरअनुसार कम भएको बताए।
यो वर्ष त्रिवि रंगशालामा १३ हजार दर्शक अट्ने प्यारापिट तयार छ।
सरकारले ४३ करोड ७७ लाख ३० हजारमा १० हजार सिट बनाएको छ, क्यानले थप ३ हजार अस्थायी प्यारापिट बनाएको छ।
उद्घाटन खेलका सबै टिकट सोल्डआउट भइसकेका छन्।
क्यान सचिव पारस खड्का भन्छन्—
“एनपिएल अब घरेलु मात्र होइन, अन्तर्राष्ट्रिय ब्रान्ड बनेको छ। खेलाडीले आर्थिक लाभ पनि ठूलो पाउनेछन्।”
